यही जुलाई २५ तारिकका दिन अपरान्ह १ बजे दक्षिण कोरियाको राजधानी सउल स्थित जोगेसा वौद्द मन्दिरको हलमा वर्तमान नेपाली साहित्यका हस्तीहरुले कविता वाचन गर्ने भएका छन् । नेपाल कला साहित्य डट कम प्रतिष्ठानको संयोजकत्वमा विदेश भ्रमणमा हिंडेको साहित्यकारहरुको उक्त टोली हङ्गकङ्ग ,चीन हुँदै दक्षिण कोरियामा आउन लागेका हो । भ्रमण टोलीमा कविहरुको अलावा सुकर्म ब्याण्डमा संगीतकारहरु पनि हुनुहुन्छ र उहाँहरुले कविहरुको काव्याचनको साथमा श्रोताहरुलाई सांगीतिक प्रस्तुति पस्कनु हुनेछ । कार्यक्रममा नेपालबाट पाल्नुहुने साहित्यकारहरुमा शंकर प्रसाद कोइराला , डा. विमल प्रसाद कोइराला , डा. गोविन्दराज भट्टराई , महेन्द्र बहादुर गुरुङ्ग , डा. धुर्वेशचन्द्र रेग्मी , सरुभक्त , कृष्ण प्रसाईं , मोमिला जोशी, जयदेव भट्टराई , राजेश्वर कार्की , अरुण वैद्य , प्रमोद उपाध्याय , श्याम नेपाली , महेश पौड्याल , नरेन्द्रराज गुरुङ्ग र उषा शेरचन हुनुहुन्छ ।
यसरी यति धेरै साहित्यकारहरुको सहभागिता र सांगीतिक धुनमा काव्यको रस्वादन गर्न पाइने उक्त कार्यक्रम दक्षिण कोरियाका नेपाली कार्यक्रमहरुमा पहिलो र नवीन खालको हुनेछ । र लगभग आठ हजारको सानो नेपाली डायस्पोरा बनिसकेको दक्षिण कोरियाको नेपाली समुदायले मुग्लानी नगरमै बसेर पनि आप\mनो देशका स्रष्टाहरुबाट संगीतमय वातावरणमा आफ्ना भाषाको साहित्य रस्वादन गर्न पाउने छन् । कोरियन संस्था छावी जीवको व्यवस्थापनमा हुन लागेको उक्त कार्यक्रमलाई नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखा र नेपाल वौद्ध परिवार दक्षिण कोरिया , आपतकालीन नेपाली सेेवा समिति ,दक्षिण कोरिया लगाएतका नेपाली संघसंस्थाहरुले सहयोगी आयोजकको रुपमा सहयोग गर्नेछन् । शुरुमा नेपाली दूतावासलाई पनि कार्यक्रमको सह आयोजक भनी समाचार आएको र नेपाली दूतावासले दूतावासलाई थाहानै नदिई जथाभावी दूतावासको नाम प्रयोग भएकोमा आपत्ति भएको भन्ने आशयको विज्ञप्ति सार्वजनिक भएकोमा दक्षिण कोरियाको नेपाली समूदायमा भ्रम उत्पन्न भएकोमा नेपाली दूतावासले अनर्थ नलिन अनुरोध गरेको छ । यस नेपालकोरिया न्युजडट कम परिवारले वास्तविकता बुभ\mन दूतावाससँग सम्पर्क राख्दा त्यहाँका अधिकारीहरुबाट यस्तो खालको प्रतिकृया आयो । वास्तवमा नेपाली दूतावास नेपालीहरुको हितको जुनसुकै कार्यक्रममा सहयोगी हुन्छ । यस्तो खालको राम्रो कार्यक्रममा निश्चयनै दूतावासको सहभागिता र सहयोग रहनेछ तर दूतावास एउटा कुटनीतिक नियोग भएको र आप\mनै खालको जिम्मेवारी र स्ाीमितता भएको हुँदा दूतावाससँग पूर्व सल्लाह नगरी सहआयोजकको रुपमा नाम प्रचार गर्नुचाहिँ राम्रो होइन । तर दूतावासले आफूलाई आधिकारिक सहआयोजकको रुपमा नस्वीकारे पनि कार्यक्रम प्रति पूर्ण सकारात्मक र सहयोगी रहेको छ । त्यसै गरी यस स्तम्भकारले कार्यक्रमको नेपाली संयोजक तथा नेपाली कला तथा साहित्य डट कम प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशीसँग कार्यक्रमको उद्देश्य र प्रवृति वारेमा जिज्ञासा राख्दा उहाँले भन्नुभयो , वास्तवमा यसको विशुद्ध उद्देश्य भनेको नेपाली कला साहित्यलाई अन्तर्राष्ट्रमा पनि प्रचार प्रसार गरी दरो उपस्थिति गराउनु हो । कार्यक्रममा बारेमा अन्य सानातीना कुरा नगरी नेपालीहरु पुट्ने होइन तर जुटेर राम्रा काम गर्न सक्छन भनी देखाउनु पर्छ ।
त्यसै गरी कार्यक्रमको सहआयोजक नेपाल पत्रकार संघ दक्षिण कोरिया शाखाका अध्यक्ष रघु त्रिपाठीले भन्नु भयो , नेपाली कला संस्कृतिको प्रचार प्रचार भनी सेउसी सेउसी नाच्ाहरु लिएर आएका रमाइलाकर्मीहरुको कार्यक्रम धेरै हेर्न पाइए पनि यसपालि चाहिँ आप\mना गुरु गुरुआमा र स्रष्टाहरुकोसँग प्रतक्ष्य जम्काभेट गरी नेपाली साहित्य र संगीतको रस्वादन गर्न पाइने भो भनी दक्षिण कोरिया प्रवासमा रहेका धेरै नेपालीहरुले कार्यक्रममा उपस्थिति जनाउने भएका छन् । साथमा नेपाली स्रस्टाहरुलाई दक्षिण कोरियाका स्थानीय प्र्र्रतिभाहरुले पनि साथ दिनेछन् ।
साथै उहाँले कार्यक्रमलाई उपस्थिति जनाउन सबैलाई अनुरोध पनि गर्नुभयो ।
नेपालीहरु मात्र होइन , नेपाल प्रति चासो राख्ने , नेपाल र नेपालीहरुसँग विभिन्न क्षेत्रमा सहकार्य गर्ने कोरियनहरु अन्य धेरै स्थानीयवासी कोरियनहरु पनि कार्यक्रम प्रति उत्सुक देखिन्छन् ।यो कार्यक्रमले दक्षिण कोरियामा यसरी चर्चा पाउनुमा नेपाल कोरिया साहित्य आदान प्रदानममा सकृय नेपाली कवि कृष्ण प्रसाई अनि कोरियन कवयत्री यु जङ्ग ई , कोरियामा लामो समय सम्म बसी समाजसेवी छवी बनाई नेपाल र्फकेका नरेन्द्र गुरुङ्ग , आदिहरुको स्वयंसेवाको पनि भूमिका छ । यसै पनि कार्यक्रमको आयोजक छावी जिब वुद्धमार्गी संस्था भएको र वुद्ध जन्मेको देशका वौद्धिकहरुको आगमन भएकोले रौनक त हुनेनै भयो । उक्त कार्यक्रम हल जाने सहज यातायात भने सउल सववेको लाइन नं १को जोङगाक यगमा ओर्ली १नं वा २ नं. प्रवेशद्धारबाट बाहिर निस्कन सक्नु हुन्छ ।





















.jpg)
Comments :
0 comments to “कोरियाको राजधानी सउलमा नेपाली कविता र संगीत गुन्जने”
Post a Comment