तेस्रो इन्डियन आइडल प्रशान्त तामाङले अभिनय गरेको फिल्म 'गोर्खा पल्टन' शुक्रबार नेपालभर रिलिज हुने भएको छ। गोपाल भुटानी, सुनिल थापा, कविता आले, रञ्जिता गुरुङ लगायतले अभिनय गरेको यो फिल्म नारायण रायमाझीले निर्देशन गरेका हुन्।
कार्यक्रमको सिलसिलामा अमेरिका रहेका प्रशान्त फिल्मको प्रचार प्रसार गर्न काठमाडौं आएको निर्माता राजेश वंशलले जानकारी दिए। करिब ६० वटा हलमा फिल्म रिलिज हुने उनले बताए। फिल्ममा लाहुरे जीवन चित्रण गरिएको बंशलको भनाइ छ।
काठमाडौंका हलहरूबाट फिल्म 'गुरु दक्षिणा' उत्रिएको एक सातामै यसका निर्देशक रामराजा दाहालको अर्को फिल्म 'बसमा छैन यो मन' रिलिज हुने भएको छ। यसमा करिश्मा मानन्धर, विराज भट्ट, राजवल्लभ कोइराला, नन्दिता केसीलगायतले अभिनय गरेका छन्। निर्देशक दाहालले फिल्मलाई 'सस्पेन्स लभस्टोरी' बनाउन खोजेको जानकारी दिए।
दुई दिन अघिमात्र फिल्म रिलिज हुन लागेको जानकारी पाएकाले आवश्यक प्रचार गर्न नपाएको गुनासो गरे उनले। 'यहाँ फिल्म कहिले चल्छ र उत्रिन्छ भन्ने नै थाहा हुँदैन। हामीलाई पब्लिसिटीको मौका समेत दिँदैनन्,' दाहालले भने।
निर्देशकको लगानी
निर्देशक मदन घिमिरेको लगानी समेत गरेको फिल्म 'स्वाभिमान' शुक्रबार राजधानी बाहिरका प्रमुख सहरमा रिलिज हुने भएको छ। पोखरा, धनगढी, नारायणघाट, बुटवल लगायतका स्थानमा फिल्म रिलिज हुने घिमिरेले बताए। राजेश हमाल, सुमन सिंह, झरना थापा र सौजन्य सुब्बाले यसमा अभिनय गरेका छन्।
फिल्मको प्रवर्द्धनका लागि पोखरा पुगेका निर्देशकले भने, 'एक्सन र सेन्टिमेन्टलाई जोड दिएका छौं फिल्ममा। आफैंले निर्माण समेत गरेको हुनाले फिल्मको नतिजाबारे धेरै चासो छ।'
नागरिक बाट





















.jpg)
Comments :
0 comments to “तिहारमा तीन फिल्म”
Post a Comment