wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

July 18, 2010

अनमिनलाई अहिले नै विदा गरे शान्ति प्रक्रिया भंग हुने र मुलुक द्वन्द्वमा धकेलिने छ - शर्मा


 नेकपा माओवादीका पोलिटब्यूरो सदस्य जनार्दन शर्मा प्रभाकरले अनमिनलाई अहिलेनै विदा गरे नेपालमा जारी शान्ति प्रक्रिया भंग हुने दावी गरेका छन् । रिपोर्टर्स क्लबले शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै शर्माले
अनमिनलाई नेपालीहरुले नै शान्ति प्रक्रियामा सहयोग गर्न बोलाएको उल्लेख गर्दै उनले शान्ति प्रक्रिया निश्कर्षमा नपुग्दै अनमिनलाई विदाई गरे शान्ति प्रक्रिया भंग हुने र मुलुक द्वन्द्वमा धकेलिने चेतावनी दिए ।
उनले राजनीतिक सहमतिको आधारमा सेना समायोजनसहित शान्ति प्रक्रियाको कार्ययोजना बनाएर सोही आधारमा अनमिनको म्याद थप गर्नु पर्ने बताए । 'अनमिनको म्याद नथपे मुलुकमा गंभिर संकट आउन सक्छ । दलहरुले सहमतिको आधारमा अनमिनको म्याद थप्न पहल गर्नु पर्छ । यसको विकल्प छैन', उनले भने । अनमिनलाई नेपालको शान्ति प्रक्रियाबाट अलग बनाउन विभिन्न पक्षको प्रेसर रहेको दावी गर्दै उनले शान्ति प्रक्रियालाई निश्कर्षमा नपुर्याई अनमिनलाई हटाउन नहुने तर्क गरे ।

कांग्रेस महाधिवेशनमा को कुन पदमा प्रतिस्पर्धा गर्दै छन् ?

५ भाद्र, काठमाडौं । यसअघि सभापति पदमा दावेदारी प्रस्तुत गरेका नेपाली काङ्ग्रेसका महामन्त्री केबी गुरुङले आसन्न १२ औं महाधिवेशनमा पुनः सोही पदमा उम्मेदवारी दिनुहुने भएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी गुरुङले महामन्त्रीमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुहुनेछ ।

यसअघि काङ्ग्रेस नेतृ सुजाता कोइरालाले महामन्त्री पदमा उम्मेदवारी दिने बताइसक्नु भएको छ भने केन्द्रीय सदस्य खुमबहादुर खड्काले पनि सोही पदका लागि उम्मेदवारी दिने संकेत गर्नुभएको छ ।

सभापति पदका लागि भने कार्यबाहक सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवाबीच प्रतिस्पर्धा हुने निश्चित छ ।

उम्मेदवारी विवरण
————

सभापति : शेरबहादुर देउवा, सुशील कोइराला
महामन्त्री : केबी गुरुङ, विमलेन्द्र निधि, खुमबहादुर खड्का, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, सुजाता कोइराला, डा. रामशरण महत, कृष्णप्रसाद सिटौला ।
कोषाध्यक्ष : चित्रलेखा यादव, मीना पाण्डे, उमा अधिकारी ।
केन्द्रीय सदस्य : रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, रामकृष्ण ताम्राकार, बालकृष्ण खाण, डा.प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल, गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले, भीमबहादुर तामाङ, जीपछिरिङ शेर्पा, चक्र बास्तोला, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, विनयध्वज चन्द, बलदेव मजगैंया, लक्ष्मणप्रसाद घिमिरे, गोपालराज पहाडी, सुप्रभा घिमिरे, नरहरि आचार्य, प्रदीप गिरी, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, अमरराज कैनी, डा.शेखर कोइराला, डा.शशांक कोइराला, शुक्रराज शर्मा, पुरुषोत्तम बस्नेत, डा.नारायण खड्का, तारानाथ रानाभाट । ढुण्डीराज शास्त्री, ओमकार श्रेष्ठ, मोहनबहादुर बस्नेत, शोभाकर पराजुली, चन्द्र भण्डारी, रामकृष्ण घिमिरे, मधु आचार्य, पुष्प पराजुली, उदयशमशेर राणा, रामहरि खतिवडा, शंकर भण्डारी, प्रदीप पौडेल, सुरेन्द्रप्रसाद चौधरी, विनोद कायस्थ, गगन थापा, फरमुल्लाह मन्सुर, भिखारी मन्सुर, मोहम्मद अफताव आलम, डा.यज्ञ अधिकारी, तारानाथ दाहाल, देवप्रकाश त्रिपाठी, लक्ष्मण बस्नेत, केदारनरसिंह केसी, पुष्कर ओझा, गुरु घिमिरे, गोविन्द भट्टराई, रामचन्द्र पोखरेल, सुरेन्द्र पाण्डे, चन्द्रसिंह भट्टराई, किरण पौडेल, शंकर पाण्डे, मित्रसेन दाहाल ।

अञ्चल सदस्यका लागि को को ?

महाकाली : रमेश लेखक, दिलेन्द्र बडू, नन्दकृष्ण जोशी, अर्जुनजंगबहादुर सिंह
सेती : सुनिलकुमार भण्डारी, वीरबहादुर बलायर, गोविन्दबहादुर शाह
कणाली : लाल हमाल, जीवनबहादुर शाही
भेरी : गणेशबहादुर खड्का, हृदयराम थानी, शिवराज जोशी, किशोरसिंह राठौर
राप्ती : दीपक गिरी, कृष्णकिशोर घिमिरे, माधव आचार्य, गोपालजीजंग शाह, सुरेन्द्र हमाल
लुम्बिनी : हरि नेपाल, दुर्योधनसिंह चौधरी, देवेन्द्र काडेल, रुद्रमणि भण्डारी, दीपकुमार उपाध्याय, राजन पन्त
धवलागिरी : अर्जुन जोशी, सुशीलमान शेरचन, हरि आचार्य, निरज पुन, किरण पौडेल
गण्डकी : ध्रुव वाग्ले, धनराज गुरुङ, कमल पंगेनी, महादेव गुरुङ, देवराज चालिसे, चीनकाजी श्रेष्ठ
बागमती : जगदीशनरसिंह केसी, नवीन्द्रराज जोशी, लोकेश ढकाल, इन्द्रमणि अधिकारी, शिव हुमागाईं
नारायणी : रमेश रिजाल, अजय द्विवेदी, राजेन्द्रबहादुर अमात्य
जनकपुर : आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामचन्द्र तिवारी, महेन्द्र मिश्र, बिपीन कोइराला, रामकृष्ण यादव
सगरमाथा : दिनेश यादव, अर्जुन खड्का, रामकुमार चौधरी
कोसी : आमोदप्रसाद उपाध्याय, रामबहादुर बस्नेत, हरिनाथ बास्तोला, डिकबहादुर लिम्बू, रमेशजंग रायमाझी, सीताराम मेहता
मेची : केशवकुमार बुढाथोकी, सूर्यमान गुरुङ, बेनुप प्रसाईं, केशव थापा
दलित - स्थिरबाबु परियार, मीन विश्वकर्मा, मीठाराम विश्वकर्मा दुःखी, शम्भुहजारा पासवान, मानबहादुर विश्वकर्मा, प्रतापराम लोहार, जीवन परियार, पूर्णकुमारी विश्वकर्मा (नवलपरासी), बिजुल विश्वकर्मा, खड्गबहादुर बस्याल सार्की, सुजाता परियार, कल्पना सोव (डोटी), विमला नेपाली (दाङ), कृष्णकुमारी परियार (कास्की), लक्ष्मी परियार ।
जनजाति महिला - हीरा गुरुङ, उषा गुरुङ, सीता गुरुङ, ललिता किङरिङ, कृष्ण अमात्य, जीवन डंगोल, रत्ना शेरचन, सुवर्ण ज्वारचन, लीला सुब्बा, प्रमिला राई, टीका चौधरी,
मुस्लिम - शेख रसिद, अब्दुल सत्तार (निर्विरोधको प्रयास)
मधेसी महिला- सीता यादव, कविता सरदार बातर, किरण यादव, मीनाक्षी झा, रामवती चौधरी, सरस्वती चौधरी, सावित्री सिंह, मोहम्मदी सिद्दिकी ।
महिला - अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, रुक्मणि कोइराला, चेतकुमारी दाहाल, रीता खनाल, सुशीला स्वाार, भीमकुमारी बूढा, पुष्पा भूषाल, सावित्री बोगटी, सुवर्ण ज्वारचन, कमला पन्त, कृष्ण अमात्य, कमला थापा, डीना उपाध्याय, मोहम्मदी सिद्दिकी, लक्ष्मी परियार, प्रतिमा गौतम, उषा गुरुङ, लीला कोइराला, मञ्जु खााण, किरण कोइराला, कल्याणी रिजाल, सीता गुरुङ, रिना उपे्रती ।
मधेसी - शिवचन्द्र मिश्र, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, रामपल्टन साह, अजय चौरासिया, पद्यनारायण चौधरी, स्मृतिनारायण चौधरी, रामकुमार चौधरी, फूलकुमार लालवानी, वीरेन्द्र कनौडिया, डा.मंगलप्रसाद गुप्ता ।
जनजाति - वसन्तकुमार गुरुङ, भीष्म आङ्दम्बे, पूर्णकुमार शेर्मा, दीनबन्धु श्रेष्ठ, आनन्दसन्तोषी राई, कबेलबहादुर लामा, पासाङ शेर्पा, दिलमान पाखि्रन, ध्यानगोविन्द रञ्जित, टेकप्रसाद गुरुङ, इन्द्रबहादुर गुरुङ, रामबहादुर गुरुङ, डा.टकराज गुरुङ, नरेन्द्रविक्रम नेम्वाङ, रोमी गौचन, श्यामलाल श्रेष्ठ, जीवनप्रेम श्रेष्ठ, पाल्तेन गुरुङ, थलकुमार लिंखा ।

July 12, 2010

ए रेखा ! भो अब नदेखा


निर्देशक श्याम भट्टराईको नजरमा नायिका रेखा
खुसी परे साउनको झरी हुने, बेखुसीमा साउन नै लुकी बस्ने कहिलेकाँही भेल भई उर्लिदिने, पागलजस्तै डुली हिँड्ने बादल हौ तिमी बादल हौ …
लाहुरे फिल्मको यो गीतका भाव कसरी नायिका रेखा थापाको स्वभाव बनेर घरिघरी उर्लिरहन्छ, यसको चर्चा म एकछिनमा गर्नेछु । त्यसभन्दा अघि अहिलेकी यी चर्चित नायिकाको अन्य अन्तरंग यात्रामा लैजाने अनुमति चाहन्छु म ।

रेखा पहिलोपटक हिरो फिल्ममा डेब्यु गर्दा त्यसवेलाकी स्टार नायिका निरुता सिंह गुन्युचोली लगाएर नेपाली नारीको प्रतिनिधित्व गर्दै थिइन् । निरुताले लगाएको गुन्यु अलिकति मात्रै माथि तन्किँदा सिटी फुकेर हलै थर्काउने दर्शक यतिखेर नतमस्तक भएर रेखाको पछि लागे जतिखेर रेखाले निसंकोच ह्वात्तै आफ्नो तिघ्रा देखाइदिइन् । यदाकदा झुक्किएर देखिने निरुताको पिडुला मात्रै हेर्नुभन्दा सोझै देखिने रेखाका तिघ्रा नै दर्शकलाई प्यारो लाग्न थाल्यो । अनि फिल्मको भाषामा बोलिएजस्तै बिस्तारै निरुताको गुन्युचोली फेज आउट हुँदै गयो भने रेखाको नयाँ अन्दाज फेज इन हुँदै आउन थाल्यो । एक दशकपछि निरुता अचेल यही अन्दाजमा देखिन थाल्नुले रेखा रजतपट कि स्टार नायिका हुन् भन्ने पुष्टि गर्छ । रेखा आज स्टार नायिका मात्रै होइनन्, स्टार अभिनेत्रीका रूपमा स्थापित छन् भन्दा पनि फरक पर्दैन । किनभने अहिले चलेका स्टार हिरोहरू बराबरकै डिमान्ड र लोकपि्रयता आज रेखाको पनि भएको कुरा फिल्म-बुज्रुकबाट नै सुनिन्छ ।

रेखा यसरी यो इमेजमा स्थापित हुनुको पछाडि निखिल उपे्रती भन्ने नायकको ठूलै गुण छ भन्ने लाग्छ मलाई । यदि यो रहस्यदेखि कोही अनभिज्ञ हुनुहुन्छ भने म बुझाउने अनुमति चाहन्छु ।

एकताका फिल्म क्षेत्रमा निखिल उप्रेतीको खुब चर्चा भयो । बलिउड नगरीमा दिनेश नामले फाट्टफुट्ट स्टन्टको काम गर्दै गरेका ती व्यक्तिलाई कलाकार पवन मैनालीले पिँजडा फिल्मबाट निखिल बनाइदिए । निखिलको प्रवेशपछि केही वर्ष नेपाली फिल्म निर्माणको धार पनि अलग्गियो । एक्सनको एउटा छुट्टै प्रस्तुति दिएर डेब्यु गरेका निखिलको जादुले झन्डै एक दशक समग्र फिल्म उद्योगलाई यही धारमा अघि बढ्न बाध्य बनायो । यही समयमा रेखा पनि आफूलाई स्थापित गराउने दौडमा थिइन् । तर, दुर्भाग्य त्यो जादुको छडीसँग सामान्य विवाद के भएको थियो, निखिलले एउटा उर्दी नै लगाए- म अबदेखि त्यो देखा थापासँग फिल्म खेल्दिनँ ।

निखिलको त्यो उर्दीपछि केही समय रेखाको करिअरमा झन्डै शून्यता नै छायो भन्दा पनि हुन्छ किनभने त्यो वेला बन्ने गरेका झन्डै ९० प्रतिशत फिल्ममा निखिल नै नायक हुन्थे । निखिलको ठूलो मोल लाग्ने टाउको रुँघ्ने निर्माता निर्देशकले रेखाको पछि लाग्ने हिम्मत गरेनन् । उनीहरूको दृष्टिकोणबाट हेर्दा त्यो कुरा त्यतिवेला स्वाभाविक थियो होला सायद ।

निखिलको त्यो उर्दीले त्यसवेला रेखालाई मात्र हैन रेखाका पति निर्माता छवि ओझालाई पनि ठूलै झट्का लागेको थियो । कारण हिम्मत फिल्ममा छविले उनै निखिललाई नायकका रूपमा अनुबन्धित गरेका थिए । तर, रेखासँग फिल्म नखेल्ने घोषणा गरेका निखिल हिम्मत खेल्न आउने त कुरै थिएन । चार आनाको हिसाब पनि नबिर्सने छविले निखिलबाट डबल पैसा असुलेर भए पनि उनको झट्काको ठूलै जवाफ दिएका थिए ।

उद्योगमा छुट्टै पहिचान बनाएका निर्माता छविलाई निखिलबाट डबल पैसा असुलेर मात्रै चैनको निद्रा मिलेको थिएन । अब उनमा पनि निखिलप्रति ठूलो इगो जन्मिसकेको थियो भने रेखाप्रति जिम्मेवारी । रेखालाई जस्तै निखिलको उर्दी लागेर टोलाएका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीको कान छवि ओझाले एकपटक फुकेका मात्रै के थिए, अब त्यही हिम्मत फिल्ममा रेखाको उपस्थिति निखिललाई चुनौती दिने मात्रै होइन माथै गर्ने खालको हुने निश्चित भयो । नभन्दै रेखा फिल्मस्को ब्यानरमा बनेको हिम्मतमा रेखाले त्यही-त्यही गरेर देखाइन्, जेजे गरेर निखिल फिल्म क्षेत्रमा स्थापित भएका थिए । रेखा यसरी हिरोझैँ प्रस्तुत हुँदै छिन् भन्ने समाचार त्यो वेला निकै रमाइलो गसिफ बनेको थियो । त्यस्तै एउटा गसिफ म यहाँ उल्लेख गर्न चाहन्छु ।

कुनै समय निर्माता छविसँग नङ र मासुको सम्बन्ध भएर पनि पछि अलग्गिन पुगेका अथवा भनौँ रेखाले नै डेब्यु गरेको फिल्म हिरोका निर्देशक नरेश पौडेलले एक दिन सुनेछन्- हिम्मत फिल्मका लागि आज रेखा थापाले भोटेकोसीमा बन्जीजम्प गरी रे । त्यसको प्रतिक्रियास्वरूप नरेशले धेरैलाई टेलिफोन गरेर भनेछन्- सुन्यौ तिमीहरूले ? रेखाले आज भोटेकोसीमा बन्जीजम्प गरिछे, आज त्यसको खुट्टामा डोरी थियो । हिम्मत रिलिज भएको पहिलो दिन नै छवि गएर त्यही भोटेकोसीमा बन्जीजम्प गर्छ तर त्यो दिन छविको खुट्टामा डोरी हुँदैन, हा हा हा… ।

पौडेलको आशय के थियो त्यो उनै जानून् तर हिम्मत समूहको त्यो प्रयास भने सतप्रतिशत सफल भयो । नेपाली फिल्मकै इतिहासमा एउटी नारीले यति ठूलो साहसिक कार्य गरेर सबैलाई आश्चर्यमा पार्ने काम मात्रै गरिनन्, सधैँ रोनाधोना, सासु-नन्द अत्याचार, आम प्रमुख पात्र नायकको वरिपरि नाच्ने वेलामा मात्रै प्रवेश पाउने नारी चरित्रले अवसर पाए भने आफूलाई यसरी पनि प्रस्तुत गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरिन् रेखाले ।

हिम्मत फिल्मले पाएको सफलतासँगै रेखा रातारात स्टार भइन् । उनलाई एकपछि अर्को राम्रो ब्यानरका फिल्मबाट अफर आउन थाले । हिम्मतकै सफलताबाट रेखाका पति छविले पनि थप हिम्मत बटुले । कुनै वेला अजम्बरी नाता फिल्म बनाउँदा निरुतालाई लिड रोल गराएर केही दृश्यमा मात्रै रेखालाई सीमित राखेका छविले त्यसपछिका आफ्ना सबै फिल्ममा रेखालाई नै प्रमुख भूमिका दिए, ती सबै फिल्म सफल पनि भए ।

पछिल्ला धेरै फिल्ममा शीर्षक रोल गरी आफूलाई अब्बल नायिकाको पंक्तिमा राख्न सफल रेखाको प्रतिभा आजका दिनसम्म आइपुग्दा बहुआयामिक भइसकेको छ । रेखाको नाइटो र तिघ्रातिर मात्रै दौडिने दर्शकका आँखाले रेखाको साहसिक चरित्र र भावुक अभिनयलाई पनि अझ सहर्ष नै स्विकारेर भन्न थालेका छन्,- ए रेखा ! भो अब नदेखा ।

राजेश हमालको बिकेको टाउकोसँगै जोडिएर आएकी रेखाको टाउको पनि भारी दाममा बिक्न थालेको आज धेरै समय भैसक्यो । यति मात्र होइन, रेखाको बिकेको टाउकोसँगै झुन्डिन आएका अन्य टाउकाले समेत आज आफ्नो टाउको भारी दाममा बिकाउन थालिसकेका छन् । एकदशक अगाडि मोरङको सलकपुरमै हुँदा फिल्मको रंगीन दुनियाँमा एकदिन म नम्बर एक हिरोइन बन्छु भनेर आफ्ना साथीभाइलाई गफ हाँक्ने रेखाको सपना आजको दिनसम्म आइपुग्दा साँच्चै नै साकार भएको छ । आज सलकपुरले मात्र होइन, अधिराज्यभरका लाखौं नेपाली रेखाको विषयमा जानकार छन् । अझ माओवादी आन्दोलनताका माओवादी अध्यक्ष प्रचण्डसँग ‘कि लाऊ माया मैतिर कि लाऊ उहीतिर, निरा नलाऊ दुई तिर’ भन्दै छमछमी कम्मर मर्काएपछि त उनी फिल्म क्षेत्रमा मात्रै होइन, देश-विदेशमा समेत परिचित भइन् ।

यति भएर पनि रेखाको करिअरको यो एक दशकको लामो यात्रामा उनी विवादरहित हुन भने सकेकी छैनन् । सुरुमा उल्लेख गरिएको गीतको हरफ रेखाको स्वभाव बनेर वेलावेलामा उर्लिदिनाले उनी कहिलेकाहीँ उल्झनमा पनि परिरहन्छिन् । सम्बन्ध गाँस्न सजिलो छ । त्यसलाई तोड्न अझ सजिलो हुन्छ । तर, मुस्किल छ त त्यसलाई निभाउन भनेजस्तै रेखाको सबभन्दा ठूलो कमजोरी भनेकै सम्बन्धलाई निभाउन नसक्नु नै हो भन्ने मलाई लाग्छ । चाहे सहकर्मी हुन् या त उनका साथीभाइसँग उनी छिनमै औंसी त छिनमै पूणिर्माको रूपमा प्रस्तुत भइरहन्छिन् । रेखालाई खुसी हुन न कुनै कारण चाहिन्छ न दुःखी हुन नै । हुन त सृजनात्मक व्यक्ति प्रायशः मुडी हुन्छ भन्छन् । मुडीहरूले मुड चलेको वेलामा केके गर्छन्, त्यसको पत्तो हुँदैन । यस्तै मुडी स्वभावकी लाग्छिन्, रेखा पनि । को मान्छे कतिखेर चाहिन्छ भन्ने हेक्का नराख्ने रेखाले आफ्नो यो कमजोरीलाई पनि सच्याउन सकिन् भने अझै केही वर्ष उनको रंग यो रजतपटमा गाढा रहिरहनेछ भन्ने विश्वास गर्न सकिन्छ ।

अन्ततः कुशल अभिनेत्रीसँगै अब्बल निर्मात्रीको समेत छवि बनाएकी रेखाले बुझ्नुपर्ने गाँठी कुरा के हो भने उनलाई आफ्नो आदर्श बनाई घरपरिवारसँग विद्रोह गरिरहेका धेरै जुनियर रेखाहरू अवसरको खोजीमा काठमाडौंमा भांैतारिरहेका छन् । खाली म नवप्रवेशी कलाकारकी आमा हुँ मात्र भनेर हुँदैन, आमाले पुरुषलाई मात्र होइन, नारीलाई पनि जन्माउँछिन् भन्ने यथार्थलाई निर्मात्री रेखाले बुझ्नुपर्छ ।

आज रेखाको जन्म दिन, उनका समस्त दर्शक, पाठक, शुभेच्छुक र सहकर्मीसँगै म उनको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु । – नयाँ पत्रिकाबाट

नेपाली र बर्मेली श्रमिकबीच झडप, पाँच नेपाली पक्राउ


४ भाद्र, इपो (मलेसिया) । मलेसियाको इपोमा रहेको एक कम्पनीमा म्यानमार र नेपाली श्रमिकहरुबीच विहीबार झडप भएको छ । इपोको श्रीजया कम्पनी एसडिएन विएचडिमा भएको झडपमा  नेपाली श्रमिकहरु इन्द्रदीप मण्डल र जगतवहादुर पुलामी मगर घाईते भएका छन् । मगरको टाउकोमा ११ वटा र मण्डलको टाउकोमा ४ वटा टाँका लगाईएको छ ।
रात्रीकालीन डिउटीले दिनको डिउटीलाई पालो दिने क्रममा सामान्य भनाभन भएपछि विवादले उग्र रुप लिएको हो । विवाद मिलाउन बसेकोे बैठकमा समेत पुनः झडप भएपछि स्थानीय प्रहरीले पाँच जना नेपालीसहित पाँचजना म्यानमार श्रमिकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने नेपालीहरुमा इन्द्रदीप मण्डल, जगतबहादुर मण्डल, रामबहादुर राई, विसराम महतो र दिपक विक छन् । प्रहरीले नियन्त्रणमा लिएका दुवै देशका श्रमिकहरुको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।
कम्पनीले पक्राउ परेका श्रमिकको अवस्था पत्ता लगाउन कुनै चासो नदेखाएको नेपाली श्रमिक पूर्णबहादुर पोख्रेलले जानकारी दिनुभयो । नेपाली अन्य श्रमिकहरुले पनि दुतावासलाई कुनै खबर नगरेको बताएका छन् ।
विद्युत सामाग्री उत्पादन हुने उक्त कम्पनीमा नेपाल, म्यानमार, भियतनामका श्रमिकहरुले काम गर्छन् ।

July 8, 2010

काठमाण्डौंका चोक चोकमा सिसि टिभि

काठमाण्डौमा पहिलोपटक महानगरीय ट्राफिक प्रभाग दरवारमार्ग र महानगरीय प्रहरी प्रभाग दरवारमार्गले सिसि टिभि क्यामेरा मार्फत ठमेल चोक, केशरमहल चोक, दरवारमार्ग चोकको गतिविधि निगरानी गर्न थालेको छ।

सिसि टिभि मार्फत विभिन्न क्षेत्रका संकास्पद गतिविधिको निगरानी गर्नुका साथै सडक र्दुघटनाका कारण पत्ता लगाउन सहयोग पुगेको बताउछन् महानगरीय प्रहरी प्रभाग दरवारमार्गका प्रहरी निरिक्षक सुदिपराज पाठक।

जडान गरिएको सिसिटिभीले सडक दुर्घटना, सडकमा सवारी चाप, प्रहरी कर्मचारीको ड्यूटी लगायतका विषयमा समेत निगरानी राख्ने भएको हो। एकै ठाँउ बसेर थुप्रै स्थानको अवलोकन, अनुगमन एवं कर्मचारी परिचालन गर्न सिसिटिभि क्यामेरा मार्फत सहयोग पुगेको वताउँछन् ट्राफिक प्रहरी प्रभाग दरवारमार्गका प्रमुख सिताराम हाछेथु।

त्यसै गरी ट्राफिक प्रहरी प्रभाग दरवारमार्गको प्रयासमा दरवारमार्ग चोक, नागपोखरी चोक, केशरमहल चोक लगायतका पाँच स्थानमा सिसिटिभि अनुगमन संयन्त्र जडान गरेको छ । यस्तै सिसिटिभि क्यामेराको विश्वसनियता र प्रभावकारिताका कारण ट्राफिक भ्यान र ट्राफिक मोटरसाइकलमा समेत सिसिटिभि क्यामेरा मार्फत दृश्य अनुगमन गर्न थालिएको छ।

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

कोरिया को समय

Song of the day

दैनिक पत्रपत्रीकाहरु

नेपाली फिल्म

बिबिध उपायोगी कक्ष

विश्वमा निशुल्क SMS पठाउनुहोस
yubabahas
dobhase yuba

Followers

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger