नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई समावेश नगरी गठन गरिएको उच्चस्तरिय राजनीतिक संयन्त्रको कुनै अर्थ नरहने बताउनु भएको छ । बेलायत सरकारको निमन्त्रणामा आइतबार बिहान बेलायत प्रस्थान गर्नुपूर्व अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री र अन्य दलका नेताहरुलाई समेत संयन्त्रमा राखिनु पर्ने धारणा व्यक्त गर्नु भयो ।
प्रधानमन्त्रीलाई संयन्त्रमा नराख्दाखेरी यो जति प्रभावकारी हुनुपर्थ्यो हुन सक्दैन तसर्थ मैले संयन्त्रमा प्रधानमन्त्रीलाई राख्नु पर्ने कुरा उठाउँदै आएको छु पौडेले भन्नु भयो ।
उहाँ बेलायत सरकारको निमन्त्रणामा त्यसतर्फ जानु भएको हो ।
यसअघी हिजो एमालेका वरिष्ट नेता केपी शर्मा ओली र माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले संयन्त्रको विरोध गर्नु भएको थियो ।
(दैनिकीबाट साभर)
Comments :
0 comments to “प्रधानमन्त्री नभएको संयन्त्रको कुनै अर्थ नरहने”
Post a Comment