wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 20, 2010

आज बिध्याकी देबी सरस्वतीको पुजा देशभर विभिन्न कार्यक्रम गरि मनाइदै


विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्दै आज देशभर श्रीपञ्चमी पर्व मनाईंदैछ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र बसन्त ऋतु सुरु हुने भएकोले आजको दिनलाई बसन्त पञ्चमी पनि भन्ने गरिन्छ । बालबालिकालाई अक्षरारम्भ गराइने सर्बोत्तम दिन मानि आज घरघरमा केटाकेटीलाई पठनपाठन सुरु गराइन्छ ।विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ-आफ्ना कलासाधनाका उपादानहरु कापी-कलम, वाद्ययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्दछन् ।
सरस्वती पूजा गर्नेहरुको काठमाडौंको स्वयंभुस्थित सरस्वतीथान, लाजिम्पाटको नीलसरस्वती, ललितपुरको लेले गैहि्रधारा सरस्वती कुण्डलगायत देशभरका सरस्वती मन्दिर तथा शैक्षिक संस्थाहरुमा सरस्वतीको पूजा गर्नेहरुको घुईंचो लागेको छ ।बसन्त श्रवणका लागि काठमाडौंको हनुमानढोकास्थित नासलचोकमा पुरोहितद्वारा बिधिपूर्वक कथा बाचन गरिन्छ । आज विवाह जस्ता शुभकार्यको लागि साइत हेर्नुनपर्ने विश्वास छ हामीहरु सबैले बिध्याकी देबी सरस्वतीलाई सम्झेर बिध्या आर्जन को मनन गरौ कि त?
(अनलाइन बाट )

Comments :

0 comments to “आज बिध्याकी देबी सरस्वतीको पुजा देशभर विभिन्न कार्यक्रम गरि मनाइदै”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger