अनेरास्ववियु अध्यक्ष रामकुमारी झाँक्रीको बिहेको साइत जुरेको छ । विद्यार्थी आन्दोलनकी नेत्री झाँक्रीले सरकारी जागिरे पशुपति पुरीलाई जिवनसाथी रोजेकी छिन् ।
रामकुमारी र पशुपतिको ६/७ वर्षदेखि चिनजान थियो । पछिल्ला केही वर्षयता उनीहरुबीच प्रेम चलेको थियो । २९ माघमा प्रज्ञाप्रतिष्ठानमा उनीहरुको बिहे हुँदैछ ।
पशुपति जिल्ला विकास समिति, ललितपुरमा योजना अधिकृत छन् । उनी बढुवा हुन उपसचिबको परीक्षा दिने तयारीमा छन् ।
पश्चिम गुल्मीकी रामकुमारीलाई बिहे गर्ने पशुपति पूर्व धरानका हुन् । तर, अहिले उनी काठमाडौं बानेश्वरका स्थायी बासिन्दा हुन् । रामकुमारी भने भाइ-बहिनीसँगै बुद्धनगरमा बस्दै आएकी छन् ।
पशुपतिका अभिभावक काठमाडौंमै छन् भने रामकुमारीका अभिभावक गुल्मी पुर्कोटदहमा छन् । तर बिहेका लागि उनीहरु पनि काठमाडौंमा आउँदैछन् ।
रामकुमारीको बिहेका लागि एमालेका युवानेता तथा कार्यकर्ता जुटेका छन् । तर, साधारण शैलीमा औपचारिक बिहे गर्ने तयारी भइरहेको छ । नयाँ पत्रिकाबाट
Comments :
0 comments to “झाक्रीलाई साइत जुरेछ नि”
Post a Comment