wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

June 16, 2010

कोरियाको सपना बोकेर टन्टलापुर घाममा




 काठमाडौँ, असार १- टेकुदेखि नै सवारी साधन जाममा परेका छन्। दशरथ रंगशालाको मूलगेटको दायाँ पट्टी शहिदगेट जाने बाटोतर्फ आँखाले नभ्याउने गरी र बायाँ पट्टी थापाथली जाने बाटोतर्फ आँखाले नभ्याउने गरी सयौँको भीड छ। अहँ, रंगशालामा कुनै खेल हुँदैछैन। न विश्वकपको कुनै खेल यहाँ देखाउने व्यवस्था हुन लागेको हो। यी युवायुवतीको आँखामा कोरियाको सपना छ, पैसा कमाएर सुखी जीवन बिताउने आकांक्षा छ। असार महिनाको टन्टलापुर घाममा उभिएर बसेका उनीहरुको दुःखको क्रम यहाँ सुरु मात्रै हुन लागेको हो, अन्त्य अन्त्यहीन छ।







"कहिले पालो आउने हो खै, यहाँसम्मको त पालो नै आउँदैन आज भन्छन्", रंगशाला अघिल्तिरबाट आर्मी अफिसर्स क्लब प्रवेश द्वार हुँदै सहिदगेटको बसपार्कसम्म पुगेको लाइनमा सुन्धारा आकाशे पुलनजिकै बसेकी सुनीता लामाले बताइन्।

सुनीताको पालो आउला, नआउला जति अनिश्चित छ, त्यति नै यो लाइनमा बसेकाहरुको कोरिया यात्रा पनि निश्चित छैन।

कोरिया सरकारसँग भएको समझदारी अनुसार कोरियामा कामदारका रुपमा पठाउन कोरिया भाषा परीक्षामा उत्तीर्ण हुनुपर्छ। प्रवेश परीक्षामा सहभागी हुनका लागि फाराम भर्न यो लामो लाइन लागेको हो। आज मंगलबारदेखि असार ४ गतेसम्म दशरथ रंगशालामा फाराम वितरण हुन लागेको हो।

फाराम वितरणको समय बिहान नौ बजेदेखि बेलुका ६ बजेसम्म तोकिएको छ। तर आवेदकहरुको चाप देख्दा रातभर पनि उनीहरु लाइनमा नै बस्ने जस्ता देखिएका छन्। यसअघि पहिलो पटक भाषा परीक्षाका लागि आवेदन खुला गर्दा पनि आवेदकहरु रातभर लाइनमा बसेका देखिएका थिए।

"बिहानै लाइन बसेको थिएँ, फाराम लिएर आएँ। अब अमेरिकी डलर १७ बराबरको रुपैयाँ परीक्षा शुल्कका रुपमा त्यहीँ रंगशाला भित्र रहेको ग्लोबल बैँकको काउन्टरमा बुझाउनु पर्ने रहेछ। त्यसपछि मात्र फाराम दर्ता हुने रहेछ" युडब्ल्युटीसी अगाडि थकाइ मार्दै गरेका आशिष गुरुङले दुखेसो पोखे, "फेरि लाइन बस्नु पर्ने भयो। मसित पैसा थिएन।"
अधिकांशले फाराम लिने भर्ने र दर्ता गर्ने पनि भएकोले लाइन सर्न समय लागिरहेको देखिन्थ्यो।

आवेदकहरु पहिलो दिन नै हजारौँको संख्यामा देखिए पनि श्रम तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत रहेको वैदेशिक रोजगार विभागको इपीएस शाखाले अनुमानित उत्तीर्ण संख्या चार हजार मात्रै हुने बताएको छ।

इपीएस शाखाले स्पष्ट शर्त राखेको छ- कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा आवेदन दिन योग्य हुनु हो तर कोरियामा रोजगारीका लागि शतप्रतिशत ग्यारेण्टी भने होइन।
तर देशमा रोजगारीको अवसर नपाएर छटपटिएका युवाहरुको ठूलो समूहलाई यसको वास्ता छैन। कोरियामा तुलनात्मक रुपले नेपाली कामदार बढी जाने देश खाडी मुलुक, मलेसिया आदिभन्दा बढी पारिश्रमिक पाइन्छ। आँखामा कोरियाको सपना बोक्नुको एउटा प्रमुख कारण यो पनि हो। त्यसैले देशका विभिन्न ठाउँबाट फाराम भर्न राजधानी आएका छन् युवाहरु समूह। उनीहरु मध्ये केही आवश्यक परे सडक मै सुत्‍न समेत तयार छन्। केही महिनाअघि एउटा राजनीतिक पार्टीले गरेको आन्दोलनका क्रममा नेताले गरेको भाषण कै शैलिमा बाग्लुङबाट आएका कृष्णहरि ठट्यौलो शैलिमा भन्छन्- लक्ष्य पूरा नभएसम्म हामी सडकबाट हट्दैनौँ, यहीँ खान्छौँ, यहीँ सुत्छौँ। 

Comments :

0 comments to “कोरियाको सपना बोकेर टन्टलापुर घाममा”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger