म्याग्दी जिल्लाको ओखरवोट गाविसमा बिहीबार युवाबीच विवादमा एक जनाको ज्यान गएको छ।ओखरवोटमा सञ्चालन भइरहेको खेलकुद कार्यक्रम सकिएपछि स्थानीय युवाहरुको कुटपिटबाट एक जनाको मृत्यु भएको हो। मृत्यु हुने बाग्लुङको तमान गाविस -८ का नारायण छन्त्याल हुन्।
घटनामा ओखरवोट गाविसका हस्त पुन, लाल मान घती, भीम घर्ती र विशेष पुनको संलग्नता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक लोकेन्द्रबहादुर मल्लले बताए। घटनाको अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरीको एक टोली घटनास्थलतर्फ गएको छ ।
(म्याग्दी न्युज बाट )
Comments :
0 comments to “कुटपिटबाट म्याग्दीमा एकको मृत्यु”
Post a Comment